उड्दै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित




फाइल : कैलाश एयर

मंसिर १४ काठमाण्डौं । बाग्लङबाट काठमाण्डौंको लागि उडेको हेलिकोप्टर नुवाकोटमा आकस्म्कि अवतरण भएको छ ।

कैलाश एयरको हेलीकोप्टरमा चरा ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मीक अवतरण गराएका हुन ।

आकस्मिक अवतरणका क्रममा हेलीकोप्टरमा सवार ६ जना यात्रुको घोडामा सामान्य चोट लागेको र हेलिकोप्टरको अगाडीको भागमा सामान्य क्षति पुगेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।

साथै उक्त हेलिकप्टरका यात्रुलाई अर्को हेलिकप्टर मार्फत गन्तब्यमा पठाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।