निर्वाचन आयोगले आजदेखि गण्डकी प्रदेशसभा सदस्यको समानुपातिकतर्फको मतपत्र छाप्न थालेको छ ।
चारवटा प्रदेशको प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गरिएको आयोगले जनाएको हो।
गण्डकी प्रदेशलगायत प्रदेश १, मधेश, बागमती प्रदेशसभाको समानुपातिकतर्फका मतपत्र छाप्न थालेको हो ।
चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगको भनाई छ । आयोगका अनुसार प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् । आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





