पाकिस्तानमाथि हाफ दर्जन गोल वर्षाउँदै बंगलादेश महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




महिला साफ च्याम्पियनसीप फुटबलमा बंगलादेश सेमिफाइनलमा पुगेको छ ।

काठमाण्डौको दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो ।

बंगलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै, मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले १/१ गोल गरे । सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन् । बंगलादेशको लगातार यो दोस्रो जित हो ।

पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई हराएको थियो । पाकिस्तानको लगातार यो दोस्रो हार हो। पहिलो खेलमा पाकिस्तान भारतसँग ३–० गोलले पराजित बनेको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलंका र भुटान छन् । नेपाल र भुटानले १/१ खेल जितेका छन् । समूह ‘ए’ मा पाकिस्तान र माल्दिभ्स तथा ‘बी’ मा रहेको श्रीलंका अंकविहीन छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।