माल्दिभ्सलाई ९–० गोलले हराउँदै भारत महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




महिला साफ च्याम्पियनसीप फुटबलमा भारतले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा भारतका लागि अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै, डाङमेई ग्रेसले २ तथा प्रियंकादेवी, काश्मिना र सौम्या गुगुलोथले १/१ गोल गरे ।

भारतको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ बाट भारत र बंलादेश समान २/२ जितका साथ सेमिफाइनलमा पुगेका छन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० गोलले हराएको थियो । बंलादेशले आज भएको दोस्रो खेलमा पाकिस्तानलाई ६–० गोलले हरायो ।

पहिलो खेलमा बंलादेशले माल्दिभ्सलाई ३–० गोलले हराएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलंका र भुटान छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।