अन्तर मोबाईल ब्यवसायी कप फुटसल प्रतियोगिता सम्पन्न,योर्स च्वाइस प्रथम


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल मोबाईल बितरक संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबार प्रथम अन्तर मोबाईल ब्यवसायी कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
सामसुङ, एम आई र रियलमी मोबाईल मुख्य प्रायोजक रहेको प्रतियोगीतामा आठ टिमको सहभागीता थियो ।

फाईनलमा योर्स च्वाईस मोबाईल एण्ड टेक्निसियनको टिमले मोबाईल स्टेसन टिम लाई ३-० गोलले हराउँदै उपाधि जित्न सफल भएको थियो । प्रथम हुने टिमले बिजेता कप सहित नगद रू २५,५५५।०० र दोश्रो हुनेले उपविजेता कप सहित रू १५,५५५।०० प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी र सर्बाधिक गोल गर्न सफल खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । उक्त फुटसल प्रतियोगीताका विजयी खेलाडीहरूलाई प्रमुख अतिथी पोखरा ईलेक्ट्रोनिक्स संघका अध्यक्ष दधिराम दाहाल, नेपाल मोबाईल बितरक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शिबराज पहारी, आयोजक संस्थाका अध्यक्ष मनोहर श्रेष्ठ, फुटसल म्याच संयोजक जीवन खत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।