पोखरा उद्योग बाण्ज्य संघको अध्यक्षमा भारी मतले प्रजापती बिजयी, पदाधिकारीमा पनि बर्चस्व


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनको मतगणना सकिदा पवनले १ हजार ६१३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८९७ मत प्राप्त गरे ।
संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति प्यानलकै गोकर्ण कार्की विजयी भएका छन् ।
उद्योग उपाध्यक्षमा भने अर्जुन पोखरेल प्यानलका देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा प्रजापति प्यानलका उत्तममान बुद्धाचार्य, महासचिवमा प्रजापति प्यानलका बलराम आचार्य, कोषाध्यक्षमा प्रजापति प्यानलकै दिनेश बास्तोला, र उपमहासचिवमा प्रजापति प्यानलकी शोभा गौतम विजयी भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।