सांकेतिक तस्बीर
पोखराबाट ८ जना जुवाडे पक्राउ परेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अनुसार पोखरा–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेको अवस्थामा १ लाख ७ हजार २ सय ५५ रुपैयाँ र २११ पत्ती ताससहित शनिबार बेलुकी साँढे ६ बजे उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा १३ मियापाटन बस्ने ४४ बर्षीय सूर्यकुमारी गुरुङ, पोखरा ११ रानीपौवा बस्ने ३८ बस्ने ललितकुमार बस्नेत, रानीपौवाकै ३५ वर्षीय रुपक बस्नेत, बागलुङ जैमिनी हाल पोखरा ११ फुलबारी बस्ने ४० वर्षीय दीपक खड्का, पोखरा ७ बस्ने ३१ वर्षीय सूर्य थापा, धादिङ घर भई पोखरा ११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा १३ बस्ने ४० वर्षीय आश गुरुङ र लमजुङ राइनास घर भई पोखरा १० बस्ने ४४ वर्षीइ कमला गुरुङ पक्राउ परेका हुन्।
उनीहरुलाई सामाजिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजीअन्तर्गतको अपराध मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







