मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजिनामाको घोषणा


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित




नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मुख्य प्रशिक्षक नियुक्तिका सम्बन्धमा एन्फासँग भएको सझौता रद्ध गर्दै एन्फालाई पत्रचार गरेका छन्।

आफूसँग गरिएको सम्झौता रद्धका लागि अल्मुतारीले पत्र पठाएसँगै उनको राजिनामाको विषयले निम्याएको भ्रमको टुंगो लागेको छ।

पटक–पटक सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै आएका अलमुताइरीले यसपटक भने सम्झौता रद्धका लागि एन्फालाई पत्र नै पठाएका हुन्।

सम्झौता रद्ध गर्ने विषयमा उनको पत्र प्राप्त भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराएका छन्। नेपालको मुख्य प्रशिक्षकको विषयमा एन्फाको आउँदो कार्यसमितिको बैठकले निर्णय गर्ने बताइएको छ।

अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।