एएफसी यु–२० एसियन कप छनोटको पहिलो खेलमै नेपाल भुटानसँग पराजित भएको छ।
बहराइनस्थित शेख अलि बिन मोहम्मद स्टेडियममा भएको खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरले पराजित भएको हो।
भुटानको जितका लागि सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले १/१ गोल गरेका थिए। खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो। तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुबै हाफमा १/१ गोलको नतिजा निकाल्यो।
यो जितसँगै भुटानले ३ अंक जोडेको छ। नेपालले भने पहिलो खेलमै हार बेहोर्दै प्रतियोगिताको शुरुवात गरेको छ। अब, नेपालले दोस्रो खेल कतारसँग खेल्नेछ।
यस्तै, बिहिबार बहराइनसँग र अन्तिम खेल नेपालले बंगलादेशसँग अर्को आइतबार खेल्ने तालिका छ। नेपाल छनोट समूहको ‘बी’ मा छ। जसमा नेपालको समूहमा भूटानसँगै कतार, बहराइन र बंगलादेश छन्। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यु–२० एसियन कपमा स्थान बनाउन पाउनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







