२१ वर्षअघि हिँजकै दिन अमेरिकास्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतंककारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरिएको छ।
पुष्पहार चढाएर तथा मैनबत्ती बालेर दिवंगतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ।
देशका विभिन्न भागमा पनि दिवंगतहरूको सम्झनामा स्मृतिसभा गरिँदैछ।
उक्त आक्रमणमा ३ हजारभन्दा बढीको असामयिक अवसान भएको थियो। २१ वर्षदेखि अमेरिकाले आतंकवादविरुद्ध अभियान नै संचालन गरेको छ भने उसले राष्ट्रिय सुरक्षा नीतिमा व्यापक फेरबदल पनि गरेको छ। यद्यपि, लक्षित उद्देश्य हासिल नभएको सुरक्षा विज्ञहरूले बताएका छन्।
आतंकवादी संगठन अलकायदासम्बद्ध १९ आतंककारीले चारवटा व्यावसायिक विमान अपहरण गरेर जुम्ल्याहा भवनमा आक्रमण गरेका थिए ।
रासस/एपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







