रैथाने बाली संरक्षण गर्दै कर्णाली सरकार


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित





सुर्खेत । कुनै बेला खाद्यान्नमा आत्मनिर्भर कर्णाली प्रदेशमा पछिल्ला वर्षमा भने खाद्यान्न अभाव हुने गरेको छ । पुरानो बालीको खेती गर्न छोड्नुले यहाँ खाद्यान्न अभाव भइको हो । फापर, जौ, आलु, चिनो, उवा, कागुनो, कोदो, मकै, कालो र रातो मार्सी धान तथा सिमी उत्पादन प्रदेशमा राम्रो हुने गथ्र्यो तर पछिल्लो समय यी बालीको खेती गर्न छोड्न थालिएको छ ।

त्यसले गर्दा प्रदेशमा खाद्यान्न अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको हो । प्रदेशमा खाद्यान्न अभाव हुन नदिन प्रदेश सरकारले पुराना बालीको संरक्षण गर्ने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा लिएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रैथाने बाली संरक्षण र उत्पादन बढाउन बालीको सामुदायिक बीउ बैंक स्थापना गर्ने काम भइरहेको जनाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा समेत रैथाने बालीको संरक्षण एवं उत्पादनलाई जोड दिएको छ ।

स्थानीय र प्रदेश सरकारको समन्वय अभाव


रैथाने बाली संरक्षण गर्ने योजना स्थानीय र प्रदेश सरकारको समन्वय अभावका कारण कार्यान्वयनमा भने केही समस्या देखिएको निमित्त निर्देशक रोकायले जानकारी दिए ।

प्रदेश सरकारले ल्याउने कार्यक्रम एकातिर र स्थानीय सरकारले ल्याउने कार्यक्रम एकातिर हुँदा कार्यान्वयनमा केही समस्या देखिएको उनले बताए । उनले रैथाने बाली संरक्षणकालागि प्रदेश सरकारसँगै स्थानीय तहले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।