भूकम्पमा परी सातको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित





पपुवा न्युगिनीमा हिजो आइतबार बिहान ७ः४६ बजे गएको ७।६ म्याग्निच्युडको भूकम्पमा परी सात व्यक्तिको मृत्यु भएको चीनको भूकम्प नेटवर्क केन्द्र सिईएनसिले जनाएको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका सिईएनसि थप जानकारी दिएको छ ।

उद्धारकर्ताहरु दुर्गम पहिरो प्रभावित समुदायहरुमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६।३० डिग्री दक्षिण अक्षांश र १४६।५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन् । प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिएका छन । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।