जिसस कास्कीको आयोजनामा बालबालिकासम्बन्धी घटना ब्यवस्थापन अभिमुखिकरण


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा आयोजित स्थानिय तहमा बाल अधिकार संरक्षण र बालबालिकासम्बन्धी घटना ब्यबस्थापन दुईदिने अभिमुखिकरण तालिम सोमबारदेखि सुरु भएको छ।

कास्कीका ५ वटा पालिकाका उप–प्रमुखसहित सम्बन्धित बिषय हेर्ने जनप्रतिनिधि तथा बिभागीय प्रमुख, कर्मचारीहरू र सरोकारवाला निकायहरूको सहभागिता रहेको तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन्।

पौडेलले विभिन्न बहानामा बालबालिका पीडित हुन परेको र ती घटनाहरुको न्यूनिकरणमा जन–प्रतिनिधिहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे। उनले बालबालिकामा हुने घटनाहरूको प्रक्रियागत ब्यबस्थापनमा तालिम उपयोगि हुने बिश्वास ब्यक्त गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप–प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नबराज बराल, राष्ट्रिय बालअधिकार परिषदका परियोजना प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, परिषद गण्डकीका संयोजक बद्रीप्रसाद वाग्ले, जिसस कास्की सदस्य लक्ष्मी दमै, शक्ति समूहका अध्यक्ष चरिमाया तामाङलगायतले मन्तव्य राखेका थिए।

२ दिनसम्म चल्ने तालिममा स्थानीय तहमा बालबालिकामा आइपर्ने समस्या, तिनिहरुको समाधान र संभाबित जोखिम न्युनीकरणका प्रक्रियासँग सम्बन्धित बिषयमा अभिमुखिकरण प्रदान गरिने जिसस कास्कीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।