चौतारा । पाँचपोखरी थाङ्गपाल गाउँपालिका–४ रैथानेको लुत्ती तामाङले अचेल आफ्नो बच्चालाई लिटो र जाउलो खुवाउन थालेका छन । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाएकी तामाङले यसअघि चाउचाउ र विस्कुटलाई पोसिलो खानाका रुपमा लिँदै आएका थिए ।
बजारका जङ्कफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बच्चाको लागि बढी पोसिलो हुने जानकारी पाएपछि उनले आफ्नो दोस्रो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन । सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उनी बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ कि छैन भन्नेमा पनि सचेत छन ।
उनले आफ्नो बच्चाको खानामा ‘हरेक बार खाना चार’ भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेँलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेकी छन । युएसएआइडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उनी आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको बताउछिन ।
टुकी सँघ सुनकोशी र सुआहारा कार्यक्रमका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयं सेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधिमा उनीहरुको खानामा ध्यान पु¥याउनुपर्ने जानकारी दिएपछि उनले सबै खानेकुरा खुवाउन थालेकी हुन ।
तामाङ मात्र हैन जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका महिलाले आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अवस्थामा भेटिन्छ त्यही अवस्थामा खाना बनाउने र खुवाउने गर्दै आउनुभएकी ईन्द्रावती गाउँपालिका–१२ भिमटारकी माया दनुवार अचेल साबुन पानीले हात नधोइ खानेकुरा छुनुहुन्न ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ इर्खकी सम्झना तामाङ छ महिना नपुगेको बच्चालाई दूध मात्रै खुवाउने गर्छीन । मेलम्ची नगरपालिका–९ की गमला गिरी सुआहाराको पहलमा नियमित बैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकी छन ।
जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाइ, पारिवारिक स्वास्थ्यलगायत क्षेत्रमा काम गरिरहेको सुआहाराका जिल्ला संयोजक मनोज मिश्रले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







