दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदानगर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो । भदौ २४ गतेको कार्यपालिकाको बैठकको निर्णयअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनतालाई घरदैलोबाट सेवा दिइने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
घुम्ती शिविरमै चालु आर्थिक वर्षका लागि सञ्चालन गरिने योजनाको सम्झौता पनि गरिनेछ । कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरण लगायतका सेवा शिविरबाट प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गत योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आयुर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रीनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रीनिङ, कोभिड विरुद्धको खोप प्रदान गरिनेछ ।
कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोवर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिनेछ ।
पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिनेछ ।
एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं। १ मा, असोज ५ र ६ गते वडा नं। २ मा, असोज ७ देखि ९ सम्म वडा नं। ३ मा, असोज ११ र १२ गते वडा नं। ४ मा, असोज २७ र २८ गते वडा नं। ६ मा र असोज ३० र ३१ गते वडा नं। ७ मा सञ्चालन हुनेछ ।
गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पु¥याउने उद्देश्यले जनताका घरआँगनबाटै सेवा प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







