पोखरा । कुमुदिनी होम्सका बिद्यार्थीहरुले ड्यूक अफ इडेनबर्ग इन्टरनेसनल अवार्ड अन्तर्गत दोश्रो बर्षको कार्यक्रम हालै सम्पन्न गरेका छन्।
अवार्डका विभिन्न वर्ग मध्ये भोलन्टियर सर्भिस अन्तर्गत २६ जना विद्यार्थीले कास्कीकोटको ऐतिहासिक गुप्तकालिका मन्दिर सरसफाई गरेका हुन् । सरसफाईकालागि टिम लिडर अभिषेक विश्वकर्मा टोलीसहित मन्दिर पुगेका थिए ।
विद्यार्थीहरुलाई सामाजिक क्रियाकलापमा सहभागि गराई उनीहरुलाई पनि सामाजिक कार्य गर्न प्रेरित गर्ने उद्देश्य रहेको टिम लिडर बिश्वकर्माले बताएका छन् । मन्दिरमा कुमुदिनी होम्सका बिद्यार्थीहरुले करिब साढे ३ घण्टा सरसफाई गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







