सहारा क्लवको यस बर्ष पनि बसपार्क क्षेत्रमा सरसफाई, भोलि रक्तदान हुने


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले यस बर्ष पनि सरसफाई गरेको छ । क्लवले आफ्नो २४ औं बार्षिकोत्सवको अवसरमा मंगलबार पृथ्बी बसपार्क क्षेत्रमा बृहत सरसफाई गरेको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।

सरसफाई कार्यक्रममा पोखरा ९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै उनले क्लवले निरन्तर रुपमा समाजिक कार्यमा लाग्दै आहा रारा गोल्ड कप संचालन गर्दै आएमा प्रशंसा गरे ।

कार्यक्रममा पृथ्बीचोक बसपार्क टोल विकास संस्था, सत्यश्वर आमा समुह, स्थानिय होटल व्यवसायी, क्लवका पदाधिकारी, सदस्य सहित स्थानियको सहभागिता रहेको सचिब सुनिल रानामगरले बतए । पोखरा महानगरका सरसफाई शाखाका नासु हर्क गायक सहितको टोलीको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

यसैबिच, क्लवले भोलि (बुधबार) क्लवको परिसरमा खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लबले यहि भदौ ३० गते साधारण सभाको कार्यक्रम तय गरेको छ । उक्त अवसरमा खेल पत्रकार नारायण शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार बाट पुरस्कृत गर्ने भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।