पछिल्लो २४ घण्टामा कोरोनाले पोखरामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




फाईल तस्बिर ।

पोखरामा कोरोनाले थप १ जनाको मृत्यू भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)ले पोखरा महानगरपालिका वडा नम्बर १३ की ७८ वर्षिया महिलाको मृत्यू भएको छ । योसँगै पछिल्लो २४ घण्टामा मृत्यू हुनेको संख्या ५ पुगेको छ । यसअघी अघि दिउँसो प्रदेश स्वास्थ्य निर्देशनालयले २ पटक विज्ञप्ती निकालेर २÷२ जना गरि ४ जनाको ज्यान गएको जनाइसकेको छ । गण्डकी प्रदेशमा भने कोरोनाले ज्यान गुमाउनेको संख्या १५९ पुगेको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको आज दिउँसो साढे १ बजे मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आईतबार मात्र कोरोना पुष्टि भएकी उनलाई पहिलेदेखि नै निमोनियाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।