पोखरामा बाल संरक्षण तथा मानव बेचबिखनविरुद्ध अन्तक्रिया गरिएको छ।
बाल दिवसको अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना, शक्ति समुह, काठमाडौंको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरिएको हो।
शक्ति समुहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले समग्र बिषयबस्तुमाथि प्रकाश पारेकी थिइन्। शक्ति समूहकी प्रोजेक्ट म्यानेजर सरला तामाङले बाल दिवसको सन्दर्भमा कार्यक्रम गरेको उल्लेख गरिन्। नेपालमा ४ सय भन्दा बढी बालगृहहरु छन। जसमा ११ हजार भन्दा बढी बालबालिका छन्। धेरै जसो परिवारहरूले आफ्ना बालबालिकालाई अनाथ बनाएर बालगृहमा राख्ने गरेको तामाङले प्रस्तुत गरेको प्रतिवेशनमा उल्लेख छ।
नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराई, पोखराका कृयाशील पर्यटकीय संघसंस्थाका अध्यक्षहरु, पर्यटन प्रहरी प्रमुख (कास्की) , सामुदायिक सेवाकेन्द्र अध्यक्ष (बैदाम) तथा नाट्टा गण्डकीका सदस्यहरुको बाक्लो उपस्तिथि थियो। नाट्टा गण्डकीका महासचिव संगीता पौडेलले कार्यक्रम संचालन गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







