काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र७८’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले सो प्रतिवेदन पेश गरेका हुन ।
यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे । ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्नेगरी स्थगित भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





