इटालीमा आएको आँधीमा परी सातको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित




तस्बीरः एजेन्सी


मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका छन ।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय सञ्चार माध्यमलाई पुष्टि गरेका छन । यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।