प्रेस काउन्सिलले पत्रकार श्यामनाथ कुँवरलाई पुरस्कृत गर्दै


     एभरेस्ट आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित




पोखराका पत्रकार श्यामनाथ कुँवर प्रेस काउन्सिल नेपालको कृयाशलि पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदैछन् ।

काउन्सिलको ५३ औं वार्षिकोत्सवमा पत्रकारिताको क्षेत्रमा योगदान गरेको व्यक्ति र संस्थामध्येबाट सम्मान गर्न लागेको हो ।

पत्रकार कुँवर कास्की (पोखरा) बाट प्रकाशित समाधान दैनिकमा आबद्ध छन् । राष्ट्रपति विद्या भण्डारीले असोज ६ गते पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

काउन्सिलको शुक्रबार बसेको बैठकले पत्रकारहरुलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेसँगै कास्कीका पत्रकार कुँवर लगायतका पत्रकारलाई पुरस्कृत गर्ने जनाइएको छ ।

कुँवरसँगै, क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनेमा दामोदरप्रसाद दवाडी (काठमाण्डौं), मनोज जोशी, तनहुँ (हाल, काठमाण्डौं), सुरेश धामी (कञ्चनपुर), विमल योगी ‘विनोद’ (दाङ), भूपराज खड्का, खोटाङ (हाल काठमाण्डौं), पुष्कर बुढाथोकी (भक्तपुर), एकराज पाठक (काठमाण्डौं), कृष्ण केसी (लमजुङ), नकुल अर्याल (काठमाण्डौं) छन् ।
नेपाल प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गर्दैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।