सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध छ – गृहमन्त्री खाँण


     एभरेस्ट आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताए । उनले नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक काम गर्न उल्लेख गरे । गृहमन्त्री खाँणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धित तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।