अब कोही पनि नागरिक उपचार नपाएर मर्न पर्दैन : पूर्व स्वास्थ्य मन्त्री अधिकारी


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




प्रतिनिधिसभाका सांसद एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले अबदेहि कुनैपनि नागरिकले उपचार नपाएर मर्न नपर्ने दाबी गरेका छन् । सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित अभियान अन्तर्गत कास्कीको मादी गाउँपालिकामा १५ शैय्याको अस्पताल भवनको शिलान्यास सोमबार शिलान्यास गर्दै उनले अब नेपालमा कुनैपनि नागरिकले उपचार अभावमा मर्न नपर्ने दाबी गरेका हुन् । सोमबार एकैदिन ३ सय भन्दा बढी अस्पतालको शिलान्यास गरिएको भन्दै उनले यसबाट लाखौं सेवाग्राही लाभान्वित हुने बताए । कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देशभरका अस्पतालमा स्वास्थ्य उपकरण तथा क्षमता वृद्धिका साथै नयाँ संरचना निर्माण शुरु गरेको उनको भनाई थियो ।

संसारभरको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारका स्वास्थ्य सेवा गाउँ गाउँमा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउँदै उनले भने,अब कोही पनि नागरिक उपचार सुविधा नपाएर मर्न पर्दैन । केही समयमै आफ्नै घर गाउँमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुले नागरिकको सेवा गर्नेछन् ।

सरकारी सुविधा तथा छात्रवृत्तिमा एमविविएस तथा एमडी गरेका चिकित्सकहरुले कम्तिमा पनि दुई वर्ष सरकारले खटाएको क्षेत्रमा रहेर सेवा गर्नुपर्ने व्यवस्था गरेको हुँदा विशेषज्ञ चिकित्सकको अभाव नहुले उनले दाबी गरे ।
प्रत्येक अस्पतालमा तीन जना चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने व्यवस्था सरकारले मिलाएको बताउँदै उहाँले अस्पताललाई सरकारले आवश्यक श्रोत साधनको समेत व्यवस्था गर्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।