महिला साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि आज (सोमबार) घरेलु टोली नेपाल र बंगलादेश भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ।
यसअघिका सबै साफमा च्याम्पियन रहेको भारतलाइ पराजित गर्दै प्रवेश गरेकाे नेपाल उच्च मनाेबलका साथ मैदानमा उत्रने छ । नेपाललाई घरेलु मैदानमा उपाधि रक्षा गर्ने अवसर रहेकाे छ।
नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन्। आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्। यसअघि, २ टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।
पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ।
हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले ६ जित र २ बराबरी खेलेको छ। महिला साफमा भने नेपालले ३ खेलमा ३ खेल जितेको छ।
इतिहासले नेपाल बलियो देखिएपनि यस पटक बंगलादेशको टोली उत्कृष्ट लयमा रहेको छ। प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







