जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थाले, थप एक जनाको ज्यान गयो


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित




चितवनमा जापनिज इन्सेफ्लाइटिसका बिरामी बढ्न थालेका छन् ।

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका १० जनामध्ये दुई जनाको ज्यान गएको छ ।पछिल्लो पटक ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण दुई जनाले ज्यान गुमाएका छन् । यसअघि माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धाको ज्यान गएको थियो । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापनिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुन सक्ने जनाएको छ ।

सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने गर्छ । जापनिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, कहिलेकाहीँ बेहोस हुने जस्ता लक्षण देखिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।