पोखराका शिक्षासेवी एवं सामाजिक अभियन्ता चन्द्राकुमारी अधिकारी थापालाई जनसेवा श्री विभुषण प्राप्त भएको छ।
संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक गरेको पदक तथा बिभुषण विवरणमा पोखरा १६ लामाचौर निवासी थापालाई राष्ट्रपतिबाट प्रदान गरिने सो विभुषण प्राप्त भएको उल्लेख छ।
देशकै उत्कृष्ट मध्येको पहिलो सामुदायिक विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेकी थापालाई शिक्षा तथा समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत सो सम्मानीत विभुषण प्रदान गरिएको बताइएको छ।
२ कार्यकाल विद्यालयको अध्यक्ष भएर त्यहाँको शैक्षिक तथा भौतिक विकासमा उच्च भुमिका निर्वाह गरेकी थापाले राष्ट्रपतिबाट उक्त सम्मानीत पदक प्राप्त गर्ने खबरले आफूलाई शिक्षा तथा सामाजिक कार्यमा थप सकृय रहने उर्जा मिलेको भन्दै खुसी व्यक्त गरिन्। थापाकै कार्यकालमा विद्यालय देशकै उत्कृष्ट पहिलो सामुदायिक विद्यालय वन्न सफल भएको छ भने भूकम्पीय जोखिममा रहेको पुरानो भवन हटाएर नयाँ ३२ कोठे पक्की भवन निर्माण भएको छ। महेन्द्रगुफा तथा चमेरेगुफाको विकास गुरुयोजना निर्माण गरी कार्यान्वयनमा समेत गएको छ।
पछिल्लो समयमा विद्यालयले शैक्षिक गुणस्तर तथा भौतिक निर्माणमा फड्को मारेको छ। अध्यक्ष थापाले सम्मानीत विभुषण प्राप्त गरेकोमा विद्यालयले समेत खुसी व्यक्त गरेको छ। सोमबार संविधान दिवसका दिन सार्वजनिक भएको विभुषण तथा पदक आगामी वैशाख १ गते विशेष समारोहकाबीच राष्ट्रपतिले प्रदान गर्ने बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







