रामपुर । ‘आफ्नो गाउँ आफैँ बनाउ’ भन्दै यहाँका युवा सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् । कामको सिलसिलामा वैदेशिक रोजगारीमा पुगेका युवाले कमाएकामध्ये केही रकम सामाजिक कार्यका लागि छुटयाएर काम गर्न थालेका हुन् । रामपुर नगरपालिका– ३ स्थित गण्डकीढिक र बोटेगाउँ क्षेत्रमा उज्यालो गाउँ अभियान सुरु भएको छ ।
वैदेशिक रोजगारीमा रहेका युवाको पहलमा विभिन्न स्थानमा सडक बत्ती जडान गरी गाउँघर उज्यालो बनाउने अभियान चलाइएको छ । गाउँघरमा जुनसुकै समय पनि हुनसक्ने चोरी र आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै गाउँ, सडक क्षेत्र उज्यालो बनाउन अँधेरी खोलादेखि घट्टारसम्मको सार्वजनिकस्थल तथा सडकमा बत्ती जडान गर्न थालिएको हो ।
विद्युत्को खम्बा तथा असुरक्षित क्षेत्रमा ठाउँ हेरी फलामको खम्बासहित एलइडी हाइलोजन लाइट जडान गरिएको छ । हालसम्म गाउँमा १५ स्थानमा बत्ती जडान भइसकेको र बाँकी ३८ भन्दाबढी स्थानमा जडान गर्ने लक्ष्य रहेकोे अभियानका उपसंयोजक केशव दुवाडीले बताए । उनका अनुसार दसैँअघि नै काम सक्नेगरी अभियानलाई अगाडि बढाइएको छ ।
यस कार्यका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत अभियान सुरु गरिएको हो । गण्डकीढिक बोटेगाउँमा विष्णुप्रसाद सुवेदीको नेतृत्वमा अभियान सञ्चालन गरिएको छ । युएइ, कतार, साउदी अरब, ओमान, कुवेत, बहराइन, जापान, अमेरिका क्यानडा, अष्ट्रेलियालगायत दशभन्दा धेरै देशमा रहेका नेपाली युवाको सहयोगमा सामाजिक कार्यमा जोडिएको अभियानका संयोजक देवराज अर्यालले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







