आज, सेप्टेम्बर २१ तारिक अर्थात अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस।
नेपाललगायत विश्वभर यो दिन अल्जाइमर्स दिवस मनाँउदै आएको छ।
अल्जाइमरबारे जनचेतना बढाउने उद्देश्ले हरेक वर्षको सेप्टेम्बर २१ तारिखका दिन यो दिवस मनाइन्छ।
सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ। यो वर्ष २०२२ को नारा चाँही Know Dementia, Know Alzheimers रहेको छ।
अल्जाइमर एक प्रकारको डिमेन्सिया हो। जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ। यो स्नायूप्रणालीको एउटा रोग हो। सुरुवात कालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा अल्जाइमरका लक्षणहरू देखिन्छ अनि पछि गएर अल्जाइमरले स्मरण शक्तिमा पूर्णतः ¥हाससम्मको अवस्था निम्त्याउने गर्दछ।
डिप्रेसन, हाइपर टेन्सन, टाउकोमा गहिरो चोट लाग्नु र ७० प्रतिशत वंशाणुगतका कारण यो रोग लाग्ने गर्दछ। अत्यन्त व्यस्त जीवनशैली र आफ्नो लागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमरको जोखिम बढाउँदछ।
दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमरवाट बच्न सकिने चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरुको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







