पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित




कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती ८ बजे नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो ।दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तनहुँको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको हो ।

पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी राईको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।