डेंगी नियन्त्रणमा सरकार चुक्यो : एमाले


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित




नेकपा एमालेले डेंगी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै डेंगी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताए।

एमालेले डेंगीबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका बिरामी फेला परेको पनि उल्लेख गरेको छ।

‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।