मंसिर १६ पोखरा । आज डिसेम्बर १, विभिन्न सचेतनामूलक कार्यक्रम गरि ३३ औं विश्व एड्स दिवस मनाइँदै छ ।
‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासहित आज विविध कार्यक्रम गरिँदै छ ।
एक अध्ययनका अनुसार नेपालमा एचआईभी सार्ने मुख्य कारणमध्ये ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट, ड्रग्समा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र सङ्क्रमित आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआईभी सङ्क्रमण हुने सम्भावना हुने उल्लेख गरिएको छ ।
त्यसैगरि कहिलेकाहीँ गुणस्तरहीन किटबाट रगत परीक्षण गर्दा पनि एचआईभी हुने सम्भावना हुने यस क्षेत्रका सरोकारवालाहरुको भनाई छ ।
सरकारी दावी अनुसार नेपालमा सन् २०१० देखी सन् २०१९ सम्म एड्स रोगबाट हुने मृत्युदरमा ८५ प्रतिशतले कमी र नयाँ संक्रमितको संख्यामा ६४ प्रतिशतले कमी आएको छ ।
दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिवद्धताका साथ योजना बनाएर काम गरिरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दाबी छ ।
एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५…







