पोखराका १३ मासु व्यवसायीलाई जरिवाना


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ ।

पोखरा महानगरले दसैं, तिहारलाई लक्षित गरी अनुमगन सुरु गरेको हो ।

नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक महानगरले पहिलो पटक मासु पसलबाट अनुगमन सुरुआत गरेको हो । पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन भएको हो ।

समितिले दर्ता, मूल्यसूची र सरसफाई र मापदण्डको अनुगमन गरेको थियो । सो क्रममा २५ मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन् । अनुगमन समितिले लिङ पहिचान नभएको शंकामा ७ केजी मासु जफत गरेको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको बताए ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले मासु खुला रुपमा राखिएको, मापदण्ड विपरीत पसल सञ्चालन भएको र प्रजनन अंग पहिचान नभएका पशुको मासु बिक्री भएको देखिएको जनाए ।

पोखरा महानगरपालिकाकी कार्यावहाक प्रमुख एवं महानगर बजार अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङले चाडपर्वमा मासुको अत्यधिक प्रयोग हुने भएकाले मासु पसलबाट अनुगमन सुरुवात गरिएको बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।