पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा बन्यो नयाँ समिति


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित पर्यटन व्यवस्थापन समिति नयाँ नेतृत्वको चयन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा हालै भएको प्रथम अधिवेशनले समितिको नयाँ नेतृत्वमा विक्रम गुरुङ चुनिएका छन् ।
गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सह–सचिवमा अर्जुन क्षत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ छन् ।

सदस्यहरुमा रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली छन् ।

१५ वर्षपछि समितिमा नयाँ नेतृत्व आएको हो । कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाँउ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्द्रुक आन्तरिक र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।