कोरोनाले गण्डकी प्रदेशमा मृत्यू हुनेको संख्या १६० पुग्यो


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित




फाईल तस्बिर ।

गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १६० पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो पटक गोरखाकी ७५ वर्षिया महिलाको मृत्यू भएको पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो पटक मृत्यू पुष्टि भएकी महिला गोरखा नगरपालिका ६ की हुन् । उनको मंसिर १२ गते राती साढे ८ बजे मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।

मृतक महिलामा पहिले देखिनै निमोनियाको समस्या रहेको जनाइएको छ । उनलाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि गोरखा अस्पताल गोरखामा भर्ना गरेर उपचार गरिदै आएको थियो । उपचारकै क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।