पोखरामा मनोचिकित्सकको कला प्रदर्शनि, आइतवारसम्म जारी रहने


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०७९ मा प्रकाशित




पोखरा । बरिष्ठ मनोचिकित्सक प्रा.डा.निर्मल लामिछानेले आर्ट एक्जिबिसन गरेका छन् । सिकारु कलाकार डा लामिछानेले बरिष्ठ कलाकार हरेराम जोजुसंग मिलेर संयुक्त कला प्रदर्शनि गरेका हुन् ।
सोल अफ इन्फिनिटी अ डिजिटल आर्ट एक्जिबिसन नाम दिइएको प्रदर्शनिको डा लामिछानेका माता गंगादेवी लामिछाने, अभिभावक डा पदमराज शर्मा र बरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायानले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।
पोखरा १२ माटेपानीमा अवश्थित एस आर के सी क्याटरिड.मा आयोजित प्रदर्शनि आइतवारसम्म जारी रहनेछ ।
कार्यक्रममा स्वागत गर्दै डा लामिछानेले कलाकार जोजूबाट उत्प्रेरित भई यस प्रकारको कला पहिलो पटक प्रयास गरेको बताए । उपचार प्रयोजनमा आर्ट थेरापीको कुरा सुने पनि व्यबहारमा पहिलो प्रयोग गरेको उनले बताए ।
बरिष्ठ कलाकार जोजुले डिमेन्सिया प्रभाबित आफ्नी दिदीको उपचारको सिलसिलामा डाक्टर निर्मलसंग भेट भए पछि डिजिटल आर्टमा सहकार्य गर्ने वातावरण सिर्जना भएको स्मरण गरे । अन्तर्राष्ट्रिय स्तरमा सन् १९५० को दशकमा डिजिटल आर्ट र सन् १०१४ देखि न्युरोग्राफी आर्ट शुरु भए पनि नेपालमा पहिलो प्रयास भएको जानकारी दिए ।
बरिष्ठ कलाकार दुर्गा बराल”वात्स्यायानले आफ्नो लागि पनि यस प्रकारको आर्ट नयां प्रबिधि भएको बताए । जुनसुकै प्रबिधि भए पनि महत्वपूर्ण कुरा कलाकारको सिर्जनाशिलता भएको बरालले बताए । कलामा हराउने सक्नेगरि मन्त्रमुग्ध पार्ने क्षमता हुनु पर्नेमा जोड दिदै उनले कला एक बिशेष थेरापी भएको दाबी गरे ।
कम्प्युटर जेनेरेटेड चित्रकलालाईमडिजिटल चित्र भनिन्छ । आइतवारसम्म जारीरहने प्रदर्शनीमा लामिछाने र जोजूका गरि ७४ वटा पेन्टिड.राखिएका छन् । प्रदर्शनिमा आफूले बनाएका चित्रहरुलाई फोटो खिचेर/स्क्यान गरेर कम्प्युटर/मोबाइल फोनमा डाउनलोड गरि चित्रहरुलाई परिस्कृत पार्न प्रोग्राम र एपको मद्दतले म्यानुपुलेट गरि चित्र तयार पारेको कलाकारद्वयले बताएका छन् ।

बि.जि.हस्पिटल र गण्डकी मेडिकल कलेजमा कार्यरत प्रा.डा. निर्मल बरिष्ठ मनोचिकित्सक र जोजू बरिष्ठ कलाकारको रुपमा परिचित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।