मध्यपहाडी लोकमार्गको नयाँपुल–मालढुंगा सडकखण्डमा कालोपत्रै बिछाउन सुरु


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर ।

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत नयाँपुल–मालढुंगा कालोपत्रे गर्ने काम सुरु भएको छ।

कोरोना संक्रमणको सन्त्रासका कारण रोकिएको कालोपत्रे बिछाउने काम ८ महिनापछि पुन: सुचारु भएको हो।

पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि मालढुंगासम्मको २४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न थालिएको हो।

जाडो नबढेसम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिछाउने काम सकिनेछ ।

पर्वत खण्डमा पर्ने पातीचौर र कुस्मा बजारभित्र ४ लेन र अन्य खण्डमा दुई लेनमा सडक बिस्तार हुँदैछ। निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो।

पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुंगादेखि नयाँपुलसम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ।

बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अवस्था छ। पर्वत खण्डमा सडक निर्माण कार्य लामो समय सम्म अलपत्र भएपछि व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन समेत गरेर काम थालिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।