तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ ।
उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको हो । उपचार केन्द्रमा बिहीबारमात्रै पित्तथैलीमा पत्थरीको सफल शल्यक्रिया गरिएको थियो । शुक्लागण्डकी नगरपालिका–७ निवासी ६१ वर्षीया कुमारी गाहा मगरको पित्तथैलीमा पत्थरीको उक्त उपचार केन्द्रमा गरिएको शल्यक्रिया सफल भएको थियो ।
जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको उनको भनाई छ । उक्त केन्द्र नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन भएपछि सामान्य शल्यक्रियाका लागि पनि पोखरा, भरतपुरलगायत ठूला शहरमा जानुपर्ने बाध्यता अन्त्य भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतमा शल्यक्रिया सेवा दिइरहेको उनले बताए ।
केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा. विद्याभुषण ताम्राकार, सर्जन डा। परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरे, डा. अभिषेक पौडेललगायत हुनुहुन्छ । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई पनि राहात भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







