पोखरामा नगद २ लाख १५ हजार सहित ९ जुवाडे पक्राउ


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराबाट जुवा खेल्दै गरेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार पोखरा १० बुद्धचोकस्थित एक रेष्टुरेन्टमा जुवातास खेलिरहेका ९ जनालाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट २ लाख १५ हजार २५० सहित ३ बुक तास, सीसीटिभी क्यामेराको हार्डसडक्स एक थान, मनिटर एक थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

जुवा तास खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तिवारीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।