फेडेररले लिए, खेल जीवनबाट सन्यास


     एभरेस्ट आवाज    
     असाेज १० गते २०७९ मा प्रकाशित




टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्।

लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्।

२० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। पूर्व विश्व नम्बर १ फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १ हजार ७ सय ५० औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन्।

सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए। १७ हजार ५ सय समर्थकमाझ फेडेररले सन्यास लिएका थिए।

सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका फेडेररले पहिलोपटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए। फेडेररले ८ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, ५ यूएस ओपन र १ फ्रेन्च ओपन जितेका छन्।

फेडेररका श्रीमती मिर्का पनि टेनिस खेलाडी हुन्। उनीहरुका २ जुम्ल्याहा बच्चा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।