मध्य पहाडी लोकमार्ग अन्तर्गत कास्कीको हेमजा खण्डमा कालोपत्रे गर्न शुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग (पुष्पलाल) अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २५ मा पर्ने हेमजा खण्ड अन्तर्गत पोखराको याम्दीदेखि माछापुच्छ्रे गाउँपालिका–७ को घट्टेखोला खण्डमा कालोपत्रे गर्न शुरु भएको हो । कास्कीको हेमजा खण्डको सुईखेतबाट कालोपत्रे गर्न शुरु गरिएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर अनन्त बरालले बताए । उनका अनुसार अस्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्रे गर्ने काम भईरहेको छ ।
पिच गरिएको भन्दा पश्चिम क्षेत्रमासमेत बाटो सम्याउने काम भईरहेको इञ्जिीनियर बरालले जानकारी दिए । यस खण्डमा गत भदौमै काम सक्नुपर्ने भएपनि निर्माण कम्पनीको ढिलासुस्ती र कोभिडको असरका कारण सडक सम्पन्न हुन ढिलाई भएको उनले बताए । खानेपानी र विजुलीका पोल स्थानान्तरण लगायतका प्राविधिक समस्याले पनि निर्माणमा ढिलाई भएको उनको भनाई छ ।
मध्य पहाडी लोकमार्ग साविक पोखरा–बागलुङ सडकहुँदै जाने भएपछि दुई लेनको पिच सडक भत्काएर ६ लेनको बनाउने काम भईरहेको छ । कास्की खण्ड अन्तर्गतको ३७.५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर दुई अर्व ९३ करोड ६६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।
सडक पिच भएसँगै स्थानिय खुसी भएका छन् । सडक बिस्तार भएसँगै पहिलेको पिचबाटो भत्काएर नया नबनाईसक्दा त्यहाँ हिउँदमा धुलो र बर्खामा हिलोले हैरानी बनाउँथ्यो । अब चाँडै पिचबाटो बन्ने आशामा आफूहरु रहेको स्थानिय बैकुण्ठ भण्डारीले बताए ।
हेमजा खण्ड अन्तर्गत याम्दीदेखि सुईखेतसम्म स्वच्छन्द इलाइट जेभीले ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुईखेतदेखी घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ रुपैयाँ लागतमा कामको जिम्मा पाएका थिए । तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो ।
यसैगरी घट्टेखोलादेखि कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ ठेक्का सम्झौता गरिएको थियो । यस खण्डमा भने सबै काम सकिएको र सडक हस्तान्तरण गर्न मात्र बाँकी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







