आज सेप्टेम्बर २७ तारिक अर्थात विश्व पर्यटन दिवस।
हरेक वर्ष नेपाललगायत विश्वभर यो दिन सबैका लागि पहुँचयोग्य विश्व पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटन दिवस मनाइँदै आएको छ।
२ वर्षको कोभिड संक्रमणले थलिएको पर्यटनलाई चलायमान बनाउन यो वर्षको दिवसमा Re-thinking Tourism अर्थात ‘पर्यटनबारे पुनः सोचौं’ नारा तय गरिएको छ।
दिवसको अवसरमा पोखरामा एक दिने मिनि सडक महोत्सव गरिदैंछ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) ले आज (असोज ११ गते, मंगलबार) पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो।
‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले बताएको छ।
लेकसाइडको फिस्टेल गेटदेखि बाराहीचोकसम्मको क्षेत्रमा बेलुका ५ बजेदेखि राती १० बजेसम्म महोत्सव हुँदैछ।
महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत गरिनेछन् । त्यस्तै, जातीय भेषभूषासहितका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी महोत्सवमा गरिदैंछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







