पोखराको शान्तिवन क्षेत्रमा विद्युतीय शवदाहगृह बनाउन लागेको भन्दै विरोध


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर–१०, शान्तिवन क्षेत्रमा विद्युतीय शवदाहगृह बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन्।

महानगरपालिकाले वि.सं. २०५५ सालमा क्षेत्राधिकार नाघी गैरकानुनीरुपमा उक्त वन बौद्ध अर्घो सदन र रामघाट दाहसंस्कार समितिका नाममा बाँडफाँट गरिदिएपछि स्थानीयले विरोध गरेका हुन्।

संघीय सरकारले विद्युतीय शवदाहगृह निर्माणका लागि बजेट विनियोजन गरेपछि स्थानीयले विरोध गरेका हुन्। उक्त शवदाहगृह करिब ३० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको छ ।

गत वर्ष माघमा शवदाहगृहको निर्माण गर्न बौद्ध अर्घो सदन, पोखरा महानगरपालिका र संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।