‘कचहरी’ नाटकको तालिम सकियो


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित




कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा ‘कचहरी’ नाटकको तालिम सकिएको छ।

चिल्ड्रेन नेपालको आयोजनामा संस्थाको परियोजना अन्तरगत दीगो जिवनस्तर बिकास क्रियाकलापहरुमा महिला र सीमान्तकृत समुहको सहभागिता अभिबृद्धि गर्ने उद्देश्यले ‘कचहरी’ नाटक बनाइएको हो।

संस्थाको कार्यक्षेत्र अन्नपूर्ण गाउँपालिका कास्कीको लेवाडे, फल्लापानी समुदाय र तनहुँको म्याग्दे गाउँपालिका गुन्जरा समुदायका अगुवा कृषकहरुको निम्ति तालिमको आयोजना गरिएको हो।

संस्थाको फुलबारी स्रोत केन्द्र अन्नपूर्ण–१ लेवाडेमा ५ दिनसम्म संचालित उक्त नाटकको उद्देश्य समुदायमा रहेका बिपन्न सीमान्तकृतहरुको समुहहरुले भोगेका समस्याहरुको सहभागितामुलक समाधानका प्रयासहरु प्रबद्र्धनन गर्ने, समुदायमा भएका विभिन्न खालका द्वन्द्व ब्यबस्थापन तथा दबिएका बर्गहरुको सशक्तीकरण र समुदायमा दीगो कृषिको प्रबद्र्धनमा योगदान गर्ने रहेको वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले बताए।

तालिममा ३ वटै समुदाय र चिल्ड्रेन नेपालका कर्मचारी समेत गरि १७ जनाको सहभागिता थियो। समुदायमा घट्ने समस्यालाई बिषय बनाएर समुहमा अभिनय गरिएको थियो। ४ वटा समूहले फरक–फरक बिषय उठाएर नाटक तयारी र अभिनय गरेका थिए। नाटक तयारी गरि अभ्यासको लागि समुदायमा प्रदर्शन समेत गरिएको थियो।

उक्त पाँच दिनको तालिम कार्यशालालाई कचहरी नाटकबिज्ञ राजकुमार पुडासैनी र नाट्यकर्मी परिबर्तन क्षत्रीले सहजीकरण गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।