कास्कीकोट दरवारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरिएको छ।
गुप्तकालिका मन्दिरमा सधैं झैं यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव गरिदैंछ ।
तान्त्रिक र वैदिक तरिकाले पूजा हुने गुप्तकालिका मन्दिरमा घस्थापनादेखि दशमीसम्म पाणा पूजारीहरु मन्दिरमानै वसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ।
वडा दसैंमा यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए।
कास्कीकोटमा दसैंको वेलामा वजाइने नगरा, सत्रौ शताव्दीका ढाल तरवारहरुलगायत धोपहरुको समेत प्रर्दशन गरिने भएको छ।
‘संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको प्रवद्र्धन’मा सहयोग गरौं भन्ने नारासहित दसैं उत्सव गर्न लागिएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ।
कास्की दरवारमा घटस्थापनाको दिन विधिवत् तरिकाले मन्दिरमा प्रवेश गरिन्छ। सप्तमीको दिन पोखराको राम घाटवाट ल्याइएको फूल पत्र र कुँवर जातीको सरुङ खेलसँगै मन्दिरमा भित्राइने प्रचलन छ।
अष्ठमीका दिन राती कालरात्रीको पूजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालिका मन्दिरमा टिका लगाएपछि विधिवत् रुपमा फूल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ।
दसैं उत्सवमा भतmजनहरुको सजिलोका लागि विभिन्न उपसमिति निर्माण गरिएको छ। गुप्तकालिका मन्दिरमा दसैंको १० दिन दैनिक विभिन्न देवीको पूजा हुने गर्दछ। गुप्तकालीको दर्शन गर्नाले मनको ईच्छा पूरा हुने जनविश्वास छ।
यहाँ पूजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनिक भिड लाग्ने गर्छ। गुप्तकालिका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैंमा विषेश पूजा हुँदै आएको छ। यस ठाउँवाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।
लामो समयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन्। यस पटक पूजालाई व्यवस्थित वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान बोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोगसँगै प्रवद्र्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरतबहादुर अधिकारीले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







