पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित




पोखराको विन्ध्यवासिनी मन्दिरमा सोमबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ।

महोत्सवको शुभारम्भपछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका ९ रुपको झाँकी, १०८ कलससहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो। मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु गरिने नबदुर्गा महोत्सबको पूर्वसन्धयामा महोत्सबको पहिलो दिन ९ वटै देवीको रुपसहितको रथारोहण शोभायात्रा निकालेको हो।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सो सोभायात्रा पोखराको मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालाकोमुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै पुनः मन्दिरमा पुगेको थियो।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरुको सहभागिता थियो।

हरेक वर्ष दसैंको नवरात्रमा कास्कीकोट दरबारको कालीका मन्दिर, पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर, भद्रकालाी मन्दिर, अकला मन्दिरलगायतमा दर्शनार्थीहरुको घुँइचो लाग्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।