माहुरीको टोकाईबाट सप्तरीमा एकको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




मंसीर १७ जनकपुरधाम । माहुरीको टोकाईबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका १ रुपनी बजारकी रमिला यादवको टोकाईबाट मत्यु भएको हो ।
पाँच महिनाकी गर्भवती समेत रहेकी उनलाई मंगलबार माहुरीले टोकेको थियो ।

उनको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए । माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।