सचिवालय बैठकमा ओलीपनि सहभागि हुने


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागि हुने भएका छन् । विहानसम्म बैठकमा सहभागि नहुने अडानमा रहेका ओली अन्ततः बैठकमा सहभागि हुन सहमत भएका हुन् । आफू पक्षिय नेताहरुसँगको परामर्शमा बैठकमा सहभागि नहुँदा म्यासेज नराम्रो जाने भन्दै सम्झाएपछि ओली बैठकमा सहभागि हुन तयार भएका हुन् ।

यसअघी मंगलबारको बैठकमा चर्काचर्की भएपछि पुनः बुधबार बस्नेगरी प्रचण्डले मंगलबारको बैठक स्थगित गरेका थिए । लगत्तै ओलीले यस्तो बैठकको के काम ? भन्दै बैठकमा सहभागि नहुने जनाउ दिएका थिए ।

ओली पक्षीय नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली बैठकमा सहभागि हुने जानकारी दिए ।

नेकपाको सचिवालय बैठक अहिले दिउँसो १ बजे बस्दैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।