सुनको भाउ पुनः बढ्यो


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




मंसिर १७ काठमाडौं । सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

योसंगै बुधबार छापावल सुन प्रतितोला ९१ हजार र तेजावी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ ।

सुनको भाउ हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।

महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार विश्व बजारमा अस्थिरताका कारण भाउ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० डलर पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।