आज अंग्रेजी महिनाको २८ तारिक अर्थात रेबिजविरुद्धको अन्तराष्ट्रिय दिवस पनि ।
यस दिन नेपाल लगायत विश्वभर रेबिज विरुद्धको विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर यो दिवस मनाइन्छ।
सबैको स्वास्थमा एकरुपता र रेबिजबाट हुने मृत्युलाई शून्य बनाउने उद्देश्यसहित Rabies: One Health, Zero Death यस वर्षको रेबिज दिवसको नारा तय गरिएको छ।
रेविज रोग, मानव सभ्यतासँगै धेरै अगाडिदेखि देखिएको रोग हो। उत्तर पूर्वी अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगबारे उल्लेख गरेको पाइन्छ।
रेविज रोग लागेको अर्थात् रेविड जनावरहरुको ¥यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई चुनौती दिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







